GB Koirala Banner Ad New

चन्द्रागिरी हिल्स रिसोर्टलाई लक्जरी रिसोर्टको मान्यता

काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टले ‘लक्जरी सिसोर्ट’ को मान्यता पाएको छ । पर्यटन विभागले विभागमा दर्ता भएका रिर्सोट तथा तारास्तरका होटेलहरुको विवरण सार्वजनिक गर्दै विभागले थानकोटको चन्द्रागिरि हिल्स र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टले ‘लक्जरी रिसोर्ट’ को मान्यता दिएको छ ।

चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रवन्धक अभिषेक विक्रम शाहले ‘पर्यटन विभागले तोकेका मापदण्ड पुरा गरी अन्तराष्ट्रिय स्तरको सेवा सुविधा प्रदान गर्ने पहिलो पाँच तारे रिसोर्ट चन्द्रागिरि हिल्स भएको’ जानकारी दिएका छन। यस रिसोर्टले विभिन्न स्तरका अवार्डद्वारा सम्मानित भएको छ ।

त्यस्तै बनेपास्थित आगन्तुक रिसोर्टले भने ‘डिलक्स’ स्तरको मान्यता पाएको छ। यी तीन बाहेक देशभरका अन्य रिसोर्टको स्तर भने ‘साधारण’ हुनेछन् ।

पर्यटन विभागका अनुसार ‘साधारण’ स्तरमा रहेका रिसोर्टको संख्या ९९ वटा रहेका छन् । यो स्तरमा पर्यटक स्तरका अधिकांश रिसोर्टहरु समेटिएका छन् । काठमाडौं, नगरकोट, धुलिखेल, पोखरा र सौराहाका स्तरीय रिसोर्टहरु यो सूचीमा अटाएका छन् ।

विभागले एक तारेदेखि पाँचतारे डिलक्ससम्मका होटेलहरुको वर्गीकरणको मापदण्डका आधारमा रिसोर्ट तथा होटेलहरुको वर्गिकरण गरेको हो । विभागका अनुसार नेपालमा पाँचतारे होटेलको संख्या १६,चार तारे होटेलको संख्या १९ , तीन तारे होटेलको संख्या ३३ र दुई तारे होटेलको संख्या ४१ वटा रहेको छ।

त्यस्तै विभागले मौलिक शैलीमा निर्माण भएका स्तरीय होटेलहरुलाई भने हेरिटेज बुटिक होटेलका रुपमा वर्गिकरण गर्न थालेको छ । यस वर्गिकरणको लक्जरी स्तरमा तीन वटा होटेल सूचीकृत भएका छन् ।

बत्तिसपुतलीस्थित द्धारिकाज काठमाडौं भिलेज होटेल, बबरमहलमा खुलेको बसेरा बुटिक होटेल र बुढानिलकण्ठमा खुलेको पवेरा बुटिक होटेललाई लक्जरी हेरिटेज बुटिक होटेलमा वर्गीकरण गरिएको विभागको सूचीमा उल्लेख गरिएको छ । पवन रञ्जितबाट