GB Koirala Banner Ad New

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । मञ्चले वैशाख २३ गते भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो ।

सभा मार्फत ११ सदस्य सहितको नयाँ कार्यकारी समित गठन भएको छ । समितिको अध्यक्षमा निरज कर्माचार्य चयन भएका छन् । यस्तै, उपाध्यक्षमा चीराग गोयल चयन भएका छन् । नेपाली युवा उद्यमी मञ्चको काठमाडौं च्याप्टरमा कुल ८० जना सदस्यहरु रहेका छन् ।

अहिलेको विषम परिस्थितिमा सबै युवा उद्यमीहरु एकै ठाउँमा आउन र एक अर्कालाई सहयोग गर्न झन महत्वपूर्ण बनेको अध्यक्ष कर्माचार्यले बताएका छन् ।

कर्माचार्यले आगामी वर्ष ४ मुख्य क्षेत्रमा प्रभावकारी काम गर्ने विषयमा जोड दिएका छन् । यी क्षेत्रहरुमा उद्यमशीलताको इकोसिस्टम, युवा र महिला उद्यमशीलता, मञ्चका कार्यक्रम र समाजसेवा सम्बन्धी कार्यक्रमहरु रहेका छन् ।