GB Koirala Banner Ad New

 राष्ट्रिय वाणिज्य बैंकले बोर्डबाट ऋणपत्र निष्काशनका लागि अनुमति पायो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकलाई नेपाल धितोपत्र बोर्डले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका गर्न अनुमति दिएको छ ।बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

यसमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संस्थालाई बिक्री गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष अवधि भएको आरबीबीएल डिबेन्चर २०८३ रहेको छ। बैंकको ऋणपत्र बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिट रहेको छ।