काठमाडौं । जनरल इन्स्यारेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफा १०७.४८% ले बढेर ६ करोड ३६ लाख ८७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बिमा कोषको आकार ११५.३९% ले बढेर ८ करोड ८४ लाख ५६ हजार रुपैयाँ पुगेको छ । यता, खुद बिमा शुल्क आर्जन भने १६।१०५ ले घटेर १६ करोड ३६ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा छ ।





























