ललितपुर । ललितपुर महानगरपालिकाको विभिन्न ठाउँमा टाँसिएका पर्चा हटाउने अभियान आजदेखि सुरु हुँदैछ । अभियानको महानरपालिकाका मेयर चिरिबाबु महर्जनले कुपण्डोलको वाग्मती पुलबाट उद्घाटन गर्दै हुनुहुन्छ।
स्वच्छ महानगरपालिका अभियान अन्तर्गत आजदेखि विभिन्न ठाउँमा रहेका पर्चा हटाउन लागिएको हो। विभिन्न खालका कागजमा लेखिएका पर्चाले सहर कुरुप बनाएकाले हटाउन लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । यस्तै, सहरलाई सुन्दर बनाउन आजदेखि अन्य योजना पनि लागू गर्ने महानगरपालिकाको तयारी छ ।
अबदेखि जथाभाबी पर्चा टाँस्न नपाइने र यो नियमको अटेर गरे कारबाही हुने महानगरपालिकाले जनाएको छ । स्वच्छ सहर अभियान अन्तर्गत योभन्दा अगाडि पनि महानगरपालिकाभित्र रहेका होर्डिङ बोर्ड र जाँडरक्सीका विज्ञापन गरिएको बोर्ड ललितपुर महानगरपालिकाले हटाएको थियो ।































