GB Koirala Banner Ad New

‘सनराइज ब्लूचिप फन्ड’मा आवेदन दिने म्याद थप

काठमाडौं । सनराइज क्यापिटलले ‘सनराइज ब्लूचिप फन्ड’ बिक्री नभएपछि आवेदन दिने म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर चैत १६ गतेसम्म पुर्याइएको हो । यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।

सनराइज क्यापिटलले ‘सनराइज ब्लूचिप फन्ड’ को १० करोड इकाई चैत १ गते आइतबारदेखि बिक्री खुला गरेको छ । कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ । सनराइज क्लूचिप फन्डमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भने चैत १६ गतेसम्म भर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । यस फन्डको योजना व्यवस्थापक सनराइज क्यापिटल हो । सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो । हाल ‘सनराइज फस्र्ट म्युचुअल फन्ड’ सञ्चालनमा रहेको छ ।