GB Koirala Banner Ad New

नेपाल इन्स्योरेन्सको चैत २७ गते वार्षिक साधारण सभा

काठमाडौं । आगामी चैत २७ गते नेपाल इन्स्योरेन्सले  वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले ८% बोनस सेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभामार्फत संस्थापक समूहबाट विशाल मिनरल्स एन्ड माइन्सका प्रतिनिधि विष्णु खेतान अग्रवालको सञ्चालक समितिमा नियुक्तिलाई अनुमोदन गर्नेछ ।

सभा एयरपोर्ट होटल सिनामंगल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा गर्न चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुने भएकाले चैत १६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल इन्स्योरेन्सले हाल कायम १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८६ रुपैयाँ चुक्ता पुँजीमा बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित ८% बोनसपछि पुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६५ रुपैयाँ पुग्नेछ ।

May be an image of text that says 'नेपाल इन्स्योरेन्स साधारण सम्बन्धी भएको दछौ। साधारणसभा शेयरधनी महानुभावहरुलाई उपस्थितिको गियसै समय सनामड्ल, शुक्रवार ०९/०४/२०२१) दारापे आ.व. वार्षिक समितिको म बमोजिम बमोजिम करोड प्रतिनिधि अग्रवाललाई हुनअ कार्यकालका अनुसार निकायबाट सज्चालक समितिलाई अख्तियारी सम्बन्धी सत्चालक समितको आज्ञाले सम्बन्धी सामान्य जानकारी व्योक्तलाई मानिनेछ ৭০. सम्बन्धी निर्देशिका,'