GB Koirala Banner Ad New

 कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख दिने

काठमाडौं । पूर्व उद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्यअवस्थाको जानकारी दिन शुक्रबार बिहान अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा १० लाख सहयोग गर्ने जानकारी दिएका हुन् ।

केही समयअघि अस्पताल भर्ना भएका जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पतालका अनुसार जोशीको स्वास्थ्य अवस्था जटिल रहेको छ ।