GB Koirala Banner Ad New

छिमेक लघुवित्तको संस्थापक शेयर लिलामीमा आवेदन दिने समय थप

काठमाडौं । बैंक अफ काठमाण्डूले छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामी बिक्रि आवेदन दिने म्याद थप गरेको छ । सरकारले लगाएको निषेधाज्ञा सकिएको पाँच कार्यदिनसम्म लिलामी खुला रहने बैंकले जनाएको छ । यसअघि वैशाख २१ गतेसम्म अन्तिम आवेदन दिन पाउने म्याद थियो ।

बैंकले वैशाख १४ गतेदेखि आफ्नो स्वामित्वमा रहेको छिमेकको २ लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । लिलामीमा हाल कायम संस्थापक सेयरधनी तथा सर्वसाधारण तथा योग्य संघसंस्थाले आवेदन दिन पाउने छन् ।

शेयरबको प्रतिकित्ता भाउ ६ सय रुपैयाँ तोकिएको छ । तसर्थ, न्यूनतम ६ सय रुपैयाँ वा सो भन्दा बढी भाउ कबोल गरी बोलपत्र पेश गर्न सकिनेछ ।