GB Koirala Banner Ad New

नेपाली युवा उद्यमी मञ्चको सातौ पटक लिडर प्रोजेक्ट सम्पन्न

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले क्यानाडा स्थित वेस्र्टन विश्वविद्यालयको आईभि बिजनेश स्कुलका विद्यार्थीद्धारा संचालित ‘लिडर प्रोजेक्ट’ को सातौ पटक आयोजना सम्पन्न गरेको छ ।

सो दुई हप्ता लामो कार्यक्रम अप्रिल १ देखि अप्रिल ३०, २०२१ सम्म भएको थियो । कार्यक्रममा ३१जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्धेश्य अनुरुप बिजनेश ट्रेनिङ्ग मार्पmत आर्थिक बिकासमा सघाउनु हो ।

‘लिडर प्रोजेक्ट’ मा संलग्न सबै निर्देशकहरु, विश्व प्रसिद्ध बिजनेश स्कुल, आईभिको बिशिष्ट प्रकारले केस स्टडिज पढाउने ट्रेनिङ्ग पाएका र सो कार्यक्रममा प्रयोग गरिएका पाठ्यक्रमहरु र्वल्ड क्लास रहेको जनाइएको छ ।

आईभि बिजनेश स्कुलले अन्र्तराष्ट्रिय स्तरमा नेपाल लगायत अन्य सात वटा ठाँउहरुमा आफ्ना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’ मार्पmत निर्देशकका रुपमा पठाउने गरेको कुरा कार्यक्रमका आयोजक समितिका सभापति सहारा जोशीले बताउनु भयो ।

दुई हप्ताको ‘लिडर प्रोजेक्ट’ को अन्तिम चरणमा, कार्यक्रमका सहभागीहरुले आफ्नो बिजनेश योजनाहरु, एक भव्य प्यानलको अगाडि प्रस्तुत गर्नु भयो ।

सो प्यानलमा उद्योग बिषेशज्ञहरु, उद्यमीहरु र ‘लिडर प्रोजेक्ट’ का एल्मनि सदस्यहरुको संलग्नता थियो । प्यानलका जजहरुमा आईभि बिशिष्ट स्कट मीखालास्की र उद्यमी निरज कर्माचार्य रहेका थिए ।

आयोजक नेपाल युवा उद्यमी मञ्च, नेपालका युवा उद्यमीहरु संस्था हो । उद्यमशिलतामा सकारात्मक सोच ल्याउने उद्धेश्य सहित सदस्यतामा आधारित रहेको यो एउटा गैर नाफा अन्र्तगत पर्ने संस्था हो ।

नेपाली युवा माँझ विभिन्न कार्यक्रमहरु जस्तै आईडिया एक्सचेन्ज, फेलोसिप, ट्रेनिङ्ग, एडभोकेसि, आदि द्वारा उद्यमी र उद्यमशिलताको रचना गर्ने उद्धेश्य यस संस्थाको रहेको छ । यो मञ्चको स्थापना नेपाल उद्योग बाणिज्य संघबाट सेपटेम्बर २६, २००३ मा भएको हो ।

नेपाल युवा उद्यमी मञ्चको मूल मान्यताहरु र कार्यक्रमको लक्षसँग मेल खाँदै, यो बर्षको ‘लिडर प्रोजेक्ट’ का प्रायोजक एन.आइ.सी एशिया बैकं रहेको छ ।

नेपालको अर्थतन्त्रमा बिगत दुई दशक भन्दा बढी सेवा दिँदै आइरहेको ‘क’ बर्गको एन.आइ.सी एशिया बैकं, नेपालका अग्रज तथा प्रगतिशिल बैंकहरु मध्ये एक हो ।