GB Koirala Banner Ad New

आइपीओ तयारीमा रहेको रिलायबल इन्स्योरेन्सले कति कमायो नाफा ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २० करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २१.७९% धेरै हो ।

गत वर्ष यसै अवधिमा १६ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, कम्पनीले खुद बिमा शुल्क पनि १ अर्ब २० करोड रुपैयाँबाट बढाएर २ अर्ब २७ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

यसअवधिमा कम्पनीले जीवन बिमा कोषको आकार पनि १३२.२६% ले बढाएर २ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ । जबकी गत वर्ष कम्पनीको जीवन बिमा कोषमा १ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।

चैत मसान्त सम्ममा कम्पनीले ४७ अर्ब ८९ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम नरहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा भने ८२ करोड ३२ लाख रुपैयाँ रहेको छ । रिलायबल नेपालले सर्वसाधारणमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी पनि गरिरहेको छ ।

आइपीओ बिक्री पछि भने यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३८ पैसा ९वार्षिक० रहेको रिलायबल नेपालको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ३५ पैसा छ ।