GB Koirala Banner Ad New

आजदेखि कालीमाटी तरकारी बजार बन्द

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द हुने भएको छ । कालीमाटी बजार विकास समितिले कोरोना महामारी न्यूनीकरणका लागि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो ।

कालीमाटी बजार विकास  समितिले निषेधाज्ञा अवधिभर बजार बन्द रहने जानकारी दिएको छ । समितिले निकालेको विज्ञप्तिमा भनिएको छ,‘कृषक बजार मङ्गलवारदेखि पूर्ण रूपमा बन्द गरिने छ।

खुद्रा बजार बिहीबारदेखि बन्द हुने छ। थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार भने बुधवारदेखि बन्द हुने छ ।’ थोक बजारमा प्याकेजिङ गरेर भने विक्री वितरण गर्न पाइन समितिले जनाएको छ । यसअघि बिहान ३ बजेदेखि ९ बजेसम्म बजार खोल्न दिइएको थियो ।