काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने वैशाख २८ गते आजअन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकले वैशाख २२ गतेबाट कम्पनीकोे ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम ४०८ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।




























