GB Koirala Banner Ad New

वन एक्सबेटका प्रचारक कलाकार र युट्यूबर धरौटीमा छुटे

काठमाडौं । नेपालमा प्रतिबन्धीत अनलाइन बेट (जुवा) खेलाउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्यूबर धरौटीमा छुटेका छन्।

मरिचमान श्रेष्ठ (बल्छी धुव्रे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।वनएक्स वेटका एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई अदालतले १० लाख रुपैयाँ धरौती माग गरेको छ। यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उनीहरुलाई प्रतिबन्धित वेबसाइटको प्रचारमा संलग्न रहेको आरोपमा गत जेठ ३२ गते पक्राउ गरेको थियो। उनीहरु माथि विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ।