काठमाडौँ। विशिष्ट कलाकार मदनकृष्णको प्रमुख आतिथ्यतामा गायिका सुवर्ण सुवेदी नकर्मीको स्वरमा रहेको गीत ‘प्यारो जीवन साथी’को लोकार्पण गरिएको छ। ललितपुरमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो।
चाँदनी सुवेदी बोल्टोलको प्रस्तुति रहेको गीतलाई वरिष्ठ गीतकार बालकृष्ण सजीवले लेखेका हुन्। चाँद सिंहको संगीत रहेको गीतमा गोविन्द सोनीको मिक्सिङरमाष्टरिङ रहेको छ भने एसबी मुस्कानको रेकर्डिङ छ। जसकेलो क्रियशनले निर्माण गरेको गीतको भिडियोमा धन खालिङको छायांकन र सम्पादन, श्री थापाको लाइट र अप्सरा चाम्लिङको मेकअप रहेको छ। जसमा वरिष्ठ सङगीतकार राजु सिंहको संगीत रहेको छ।
भजन गायनमा आफूलाई संलग्न गराउँदै आएकी सुवर्णले धेरै गीत गाएको भए पनि उनको यो औपचारिकरूपमा पहिलो गीत सार्वजनिक भएको हो।अर्जुनबहादुर सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अतिथिहरूले नयाँ गीतका लागि गायिका सुवर्णलाई बधाई तथा शुभकामना दिएका थिए।






























