GB Koirala Banner Ad New

रोमान्चक खेलमा हेल्प नेपाल विजयी

काठमाडौं । राजधानीमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा टिप टप हेल्प नेपाल विजयी भएको छ।

बिहीबार भएको पुरुष तर्फको पहिलो खेलमा टिप टप हेल्प नेपालले विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गरेको हो । हेल्प नेपालले ३-२ को सेटमा जित हात पारेको हो । हेल्प नेपालले पहिलो र दोस्रो सेट २५-२७ र १७-२५ ले गुमाएको थियो । त्यसपछि लगातार दुई सेट जित्दै एपिएफले खेलमा पुनरागमनको प्रयास गरेको थियो ।

तेस्रो सेट २१-२५ र चौथो सेट २३-२५२ ले एपीएफले जितेको थियो । पाचौ तथा निर्णायक सेट १६-१४ ले जित्दै हेल्प नेपालले फाइनल सम्भावना बलियो बनाएको छ ।

अपराजित हेल्प नेपालको यो पाचौं जित हो । एपीएफको भने प्रतियोगितामा दोस्रो हार हो ।