GB Koirala Banner Ad New

५५ वर्षीया महिलालाई जबरजस्ती करणी

उदयपुर। ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका-६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको  छ ।