GB Koirala Banner Ad New

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकहरूले मेट्रो मार्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंकले ग्राहकहरूलाई उक्त मार्टका काठमाडौं उपत्यकाभित्रका स्टोरहरूबाट सामान किन्दा स्मार्ट क्युआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो।

यो योजनाअन्तर्गत बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ। यो योजनामा एक पटकको खरिदको २०० रुपैयाँसम्म र योजना अवधिभर ५०० रुपैयाँसम्म छुट पाइने बैंकको भनाइ छ।

यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागु हुनेछ। बैंकले ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ।

बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।