GB Koirala Banner Ad New

तस्करी भएको बरामद सुन गाल्न सुरु

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन गाल्न सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा राजस्व अनुसन्धान विभाग, केन्द्री अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्र बैंकका अधिकारीको रोहबरमा गाल्न थालिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

यसअघि हिजो ‘ब्रेक शू’ बाट सुन छुट्याउने काम भएको थियो । यसरी निकालिएको सुन ६० किलो ७८९ ग्राम रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्ने अनुमान छ ।

यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ‘ब्रेक शू’ भित्र लुकाएर सुन भित्र्याइएको खुलेको थियो ।