काठमाडौं । वुमन ईम्पावरमेन्ट, स्ट्रीट डग रेस्क्यू, गरीबी उन्मुलन र समाजमा व्याप्त अन्य विकराल समस्या संग जुध्दै विभिन समाजिक सेवामूलक अनुकरणीय काम गर्दै आएको गैर नाफामूलक संस्था एक्सन फर नेसन्सले गल्फ टुर्नामेन्टको आयोजना गर्ने भएको छ।
एभरेष्ट च्यारिटी गल्फ टुर्नामेन्ट नाम दिइएको यो प्रतियोगिता आगामी अक्टोबर १ तारिखमा अमेरिकाको सिलिकन भ्याली क्यालिफोर्नियामा हुने आयोजना हुन लागेको हो।
“संसारभरी छरिएर बसेका नेपाली गल्फरहरुलाई संगठित बनाउदै सिलिकन भ्यालीमा नेपाललाई प्रबर्द्धन गर्ने यो टुर्नामेन्टको मुख्य उद्देश्य हो।” एक्सन फर नेसन्सका ग्लोबल अध्यक्ष प्रकाश थापाले भने- “यो हाम्रो वार्षिक कार्यक्रम हो। यही टुर्नामेन्टको माध्यमबाट गल्फरहरुबीचको मैत्रीपूर्ण सम्बन्ध अझै घनिष्ठ र प्रगाढ होस भन्ने हामो चाहना छ।”

अध्यक्ष थापाले यस टुर्नामेण्टमा नेपालबाट प्रोफेसनल गल्फ प्लेयर तथा प्रशिक्षक सचिन भट्टराई सहभागी हुने पक्का भैसकेको बताए। एक दिवसीय यो टुर्नामेन्टमा संसारभरीका गल्फरहरुले सहभागिता जनाउन सक्ने समेत उनले जानकारी गराए।
एभरेष्ट च्यारिटी गल्फ टुर्नामेन्टमा सहभागी हुनेलाई उपहारको व्यवस्था र विजेतालाई नेपाल भ्रमणको आकर्षक प्याकेजको व्यवस्था गरिएको छ। साथै विजेता सिधै गल्फ नेपालको टुर्नामेण्टमा सहभागी हुने व्यवस्था मिलाएको अध्यक्ष थापाले जनाए।
आयोजक संस्थाले प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्णलाई आव्हान गर्दै कार्यक्रमको सफलताको लागि प्रायोजन गरेर सहकार्य गर्न पनि अपिल गरेको छ।
“सहभागीहरुले यो टुर्नामेण्टबाट एउटा मीठो मेमोरी लिएर फर्कनुहुनेछ भन्ने मलाई विश्वास छ।” उनले थपे, “आउनुहोस यो कार्यक्रममा सहभागिता जनाएर नेपाललाई पर्बद्द्न गरौं।”
यदि तपाईंहरु पनि यस गल्फ टुर्नामेन्टमा सहभागी हुन चाहनुहुन्छ भने यो लिन्क क्लिक गर्नुहोस् ।






























