GB Koirala Banner Ad New

हिमालयन बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीद–बिक्री गर्न सक्नेछन् ।

बैंकले गत पुस २७ गते बसेको सभाबाट पारित गरेको १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।