GB Koirala Banner Ad New

दलित पत्रकार संघको अध्यक्षमा बिनोद पहाडि निर्वाचित

रुपन्देहीं । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा आइतबार सप्पन्न प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । शुक्रबार देखि चलेको सम्पन्न महाधिवेशनले संघको पूर्बअध्यक्ष बिनोद पहाडिलाई पुन : अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सो महाधिवृशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीलाई चयन गरेको छ ।

त्यस्तै खुल्ला उपाध्यक्ष तर्फ मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वर पोर्तेल, भोला पासवान, बुद्धि बिश्वकर्म, दीपक परियार, बिनोद परियार, टेकेन्द्र बिश्वकर्मा र करन ताम्राकार, सर्वसम्मत चयन भएका छ्न् । महासचिवमा लक्ष्मण दर्नाल निर्वाचित हुनुभएकोे छ । त्यस्तै सचिवहरुमा सन्तोष गन्धर्व, रिता बुढाथोकी, बिरु नेपाली निर्बाचित भएको निर्बाचन मन्डलले जनाएको छ ।

कोषाध्यक्ष पदमा भिम बहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन । पदाधिकारी सहित ४१ सदस्यीय केन्द्रिय कमिटी सर्बसम्मत चुनिएका छ्न । त्यस्तै गुल्मी खुल्ला तर्फ गुल्मीका प्रेम सुनार सर्वसम्मत निर्बाचित भएका छ्न। खुल्ला तर्फ नै अम्मर सुनार , राधेश्याम बिक, प्रमिण गजमेर, सरिता बराइली , मानसिङ्ग बिक, पिबि दियाली, फुलु सुनार सन्जय सौगात, राजेश सुनाम, वसन्त बिक, भिम बहादुर नेपाली गन्धर्व, राजन गाउले , वसन्त बिश्वकर्मा , किशान सङ्गित नेपालि निर्वाचित भएको जनाइएको छ।

महिला सदस्य पुर्णिामा जनला, राधा नेप,अनित कुमारी , सुनित नेपाली ,शान्ति गज्मेर, र मालती बि क निर्वाचित भएका छन । नवनिर्बाचित केन्द्रिय समितिलाई निर्वाचन मण्डलका अध्यक्ष अधिबक्ता, मोहन सङ्कर सुन्दर गहतराज, खिमलाल भुसाल , बरिस्ठ पत्रकार उमिद बागचन , नेपाल पत्रकार महा संघका केन्द्रिय सचिव रेम बिश्वकर्मा र राज्य टेलिभिजनका कार्यकारी निर्देशक बिष्णु प्रसाद भुसालले शुभकामना मन्तब्य राखेका थिए ।