काठमाडौं । नेपाल राष्ट्र बैंकले डिप्रोक्स लघुवित्तको लाभांश स्वीकृत गरेको छ ।लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५ % नगद लाभांस सहित २० % लाभांस बितरणका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेको थियो।
राष्ट्र बैंकको स्वीकृति पश्चात् लघुवित्तले आगामी वार्षिक साधारणसभामा पेश गर्ने छ। साधारणसभाबाट प्रस्तावित लाभांस अनुमोदन पछि शेयरधनीले प्राप्त गर्ने छन्।
कम्पनीको गत माघ २८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २० % लाभांशको घोषणा गरेको थियो।

























