GB Koirala Banner Ad New

फेवाबजारको नयाँ आउटलेट सुर्खेतमा

काठमाडौं । अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले सुर्खेतमा नयाँ आउटलेट विस्तार गरेको छ । नयाँ शाखा विस्तार भएसँगै कम्पनीको आउटलेटको सङख्या १३ वटा पुगेको छ। सुर्खेतमा नयाँ शाखा विस्तार भएसँगै बजार र आसपासका ग्रामीण क्षेत्रमा सुपथ मूल्यमा गुण्स्तरीय साम्रागीहरु होम डेलिभरी उपल्बध हुने कम्पनीले जनाएको छ ।

यसका साथै स्थानीय व्यवसायीहरुले फेवाबजारको डिजिटल माध्यमबाट स्मार्ट बिजनेससमेत गर्न सक्ने छन् ।

फेवा बजार डटकमले सानो भन्दा सानो सामानदेखी लाखौं रुपैयाँ पर्नेसम्मका सामानहरु अनलाईन डेलिभरी गर्ने गरेको छ । मासिक किस्ताबन्दी  (ईएमआई) मार्फत २० हजारदेखी ५ लाखसम्मको सामान बिक्री गर्ने फेवा बजार पहिलो अनलाईन बजार हो ।

क्यास अन डेलिभरी मार्फत सेवा शुरु गरेको फेवा बजारले प्वाइन्ट अफ सेल मेसिनको डेबिटरक्रेडिट तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत भुक्तानी गर्न सकिने सुविधासमेत ग्राहकका लागि ल्याएको छ ।

यस बजारले ईलेक्ट्रोनिक्स (एसी, टिभी, ल्यापटप, हिटर, मोवाइल, फ्रिज, इलेक्ट्रिकल्स) , क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, लगेज ट्राभल गियर लगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घर–घरमा पुर्याउने गर्दछ ।