GB Koirala Banner Ad New

एभरेष्ट इन्स्योरेन्सको ८.४२% लाभांश प्रस्ताव

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ७४ हजार ४ सय रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ प्रतिशतले हुन आउने ४६ लाख १४ हजार ४ सय ४२ रुपैयाँ बराबरको नगद गरि कुल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।