GB Koirala Banner Ad New

चैत ६ गतेबाट सिंगटी हाइड्रोले आइपीओ बिक्री गर्ने

काठमाडौं ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गतेबाट आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

यसमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा चैत २० गतेसम्म बिक्री खुला राख्ने छ । सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।

यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।