GB Koirala Banner Ad New

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म रोकियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डउन प्राधिकरणले सूचना निकालेर अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी गराएको हो ।

यद्यपी नेपाल र भारत बीचको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । कोरोना संक्रमण तीब्र गतिमा फैलिएपछि यही वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगित छन् । अहिले अन्तर्राष्ट्रिय र आन्तरिक तर्फ कार्गो तथा उद्धार उडान मात्रै सीमित संख्यामा भइरहेको छ ।