GB Koirala Banner Ad New

नेपाल राष्ट्र बैंकबाट एक्सेल डेभलपमेन्ट बैंकको लाभांश  स्वीकृत

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश स्वीकृत भएको छ । बैंकको गत चैत्र २६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कोषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ६३ प्रतिशत नगद गरि कूल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सोही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो । अब उक्त प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।