GB Koirala Banner Ad New

ग्राण्डी अस्पतालले अक्सिजन कम भएपछि थप बिरामी भर्ना नगर्ने घोषणा

काठमाडौँ। धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पताल यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो ।

एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा अक्सिजनको मागअनुसार आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको हो । आवश्यकताअनुसार अक्सिजन उपलब्ध भएपछि मात्रै थप बिरामी भर्ना गर्न सकिने सूचनामा उल्लेख छ ।

No description available.