GB Koirala Banner Ad New

नेप्से दोहोरो अंकले घट्यो

काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से १८.५६ अंकले घटेर २ हजार ६ सय १८.५६ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार सेन्सेटिभ इन्डेक्स पनि २।.१ अंकले घटेको छ । कारोबार रकम भने ६ अर्ब माथि पुगेको छ । नेप्सेमा कारोबार हुने समूहगत इन्डेक्सहरु भने सबै घटेर राता देखिएका छन् । समूहगत सबइन्डेक्सहरु सबैभन्दा धेरै लघुवित्त र व्यापार समूह घटेका हुन् ।

कम्पनीहरुमा भने महिला लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य धेरै घटेको छ । नेप्सेमा आईपीओ सूचीकृत भएदेखि नै लगातार बढिरहेको महिलाको सेयर मूल्यमा आज ब्रेक लागेको छ।

गत बुधबारसम्म लगातार बढिरहेको विशाल बजारको सेयर मूल्य पनि करिब १० प्रतिशत हाराहारीमै घटेको छ । सबैभन्दा धेरै बढ्नेमा भने समता लघुवित्त वित्तीय संस्था र रुरु जलविद्यतु कम्पनी देखिएका छन् ।