GB Koirala Banner Ad New

कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् ।

ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ । आज बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको हो। प्रतिनिधिसभाको बैठकमा पीसीआर टेष्ट गरेका सांसदहरुले मात्र प्रवेश गर्न पाउने भएका छन् ।