GB Koirala Banner Ad New

 विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित भयो

काठमाडौँ । विवेकशील साझा पार्टीले कोरोनाका कारण महाधिवेशन स्थगित गरेको छ। आगामी जेठ अन्तिम साता महाधिवेशन गर्ने गरी आन्तरिक तयारी गरिरहे पनि कोरोनाका कारण महाधिवेशन स्थगित गर्नु परेको विवेकशील साझा पार्टीले बताएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकतापछि छ महिना भित्र एकता महाधिवेशन गर्ने सहमति भएको थियो।

शनिबार बसेको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको हो। परिस्थिति सहज बनेपछि अनुकूलता हेरेर महाधिवेशनको अर्को मिति तय गरिने बताइएको छ ।