GB Koirala Banner Ad New

नेपाल टेलिकमको सुलभ दरको कल र भ्वोइस प्याक

काठमाडौं । कोरोना संक्रमणको दर निकै बढेको कारण सरकारले हाल देशको अधिकांश भागमा निषेधाज्ञाको घोषणा गरेको छ जसकारण प्राय सबै आफ्नो घरभित्र नै छन् । यसैलाई मध्यनजर गर्दै नेपाल टेलिकमले ग्राहकहरुको लागि यो समय सजिलो बनाउन सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक ल्याएको छ । टेलिकले ल्याएको यस अफरमा ४ किसिमको प्याकहरु रहेका छन् ।

यदि तपाई पनि सुलभ दरमा इन्टरनेट र भ्वोइस प्याक चलाएर आफ्नो घरभित्रको सयमलाई रमाइलो बनाउन चाहानुहुन्छ भने टेलिकमले ल्याएको यस प्याक तपाईको लागि सबैभन्दा राम्रो रोजाई हुनेछ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने प्याकहरु यस्ता छन्स्

१. वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक – २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक रु. ६४९।– मा उपलब्ध छ ।

सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*8*2# डायल गर्न सकिन्छ ।

२. ७ दिनका लागि १.५ जीबी प्याक–७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा रु. ९५।– मा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*1*4# डायल गर्न सकिन्छ ।

३. २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक – २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । रु. ३०।– मा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*8*2# डायल गर्न सकिन्छ ।

४. ५०० एमबी पर डे डाटा प्याक – जम्मा रु. २९९।– मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*9*3# डायल गर्न सकिन्छ ।

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ ।

ग्राहकले *1415#  ३ डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटwww.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।