GB Koirala Banner Ad New

यूनियन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित अवस्थामा त्यरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रक्रिया पुरा गरी २०७८ साल जेठ १५ गते सम्ममा पुर्नजागरण गर्दा लाग्ने बीमा शुल्क ब्याजमा शत् प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

साथै पुनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने जानकारी कम्पनीले दिएको छ । सो सम्बन्धी जानकारीका लागि कम्पनीको कर्पोरेट तथा नजिकको शाखा तथा उप शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ ।