काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी ) बैंकले चैत १३ गतेबाट ३० लाख युनिट ९इकाई० ऋणपत्र बिक्री खुला गर्ने भएको छ । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ ।
सामूहिक लगानी कोषलाई ५५ अर्थात् ६० हजार युनिट छुट्याइएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक ९.५०% ब्याजदर पाइनेछ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘९.५०% एनसीसी ऋणपत्र २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एल ट्रिपल बि’ रेटिङ दिएको छ ।
यो ऋणपत्रमा छिटोमा चैत १८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने चैत २७ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ । यस्तै, केन्द्रीय बैंकको बाध्यकारी व्यवस्था कारण पनि ऋणपत्र जारी गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।



























