GB Koirala Banner Ad New

नेप्सेमा २ वाणिज्य बैंक सहित १ लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहीबार १ करोड १३ लाख ८० हजार १६१.२६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै सेन्चुरी कमर्सियल बैंकको ६१ लाख ८९ हजार ५७९.२६ कित्ता (५.२५%) बोनस सेयर रहेको छ ।

यस्तै, नेपाल बंगलादेश बैंकको ५० लाख ६९ हजार ५८२ (६%) र महिला सहयात्रा लघुवित्तको १ लाख २१ हजार (१०%) बोनस सेयर सूचीकृत भएको छ ।

२ वाणिज्य बैंक तथा १ लघुवित्त कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सूचीकरण गरिएको हो ।