GB Koirala Banner Ad New

नेप्से परिसुचक ४३ अंकले बढ्यो

काठमाडौं । सेयर बजार कारोबार मापक नेप्से परिसुचक ४३ अंकले बढेको छ । नेप्से सूचक ४२.९५ अंकले बढेर २४७५.०९ विन्दुमा पुगेको छ । २१३ कम्पनीको ४ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

कुल १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता सेयर किनबेच भएको छ । ट्रेडिङबाहेक सूचीकृत बाँकी सबै समूहमा हरियाली छाएको छ । जीवन बिमा समूह सबैभन्द धेरै ४१५.४७ अंकले बढेको छ । कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंक अघि आएको छ ।

यसको ७६ करोड ७६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ग्रीनलाइफ र युनाइटेड इदी मार्दी हाइडोपावरको भाउ १० प्रतिशतले वृद्धि भएको छ ।