GB Koirala Banner Ad New

एसियाडमा एरिका गुरुङले जितिन ऐतिहासिक रजत पदक

नेपालले चीनको होङझावमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जितेको छ । करातेमा एरिका गुरूङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी हुन् ।

६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि एरिकाले स्वर्ण पदक जित्ने अवसर गुमाइन् ।

आजै भएको सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् भने क्वार्टर फाइनमा जापानकी एजुकी सबाइलाई पाखा लगाएकी थिइन् । सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १(१ अ‌ंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् ।

एसियाडको इतिहासमा नेपालले करातेबाट पहिलो रजत जितेको हो । जारी एसियाडमा नेपालका लागि यो दोस्रो पदक यसअघि ममिला कबड्डीले कास्य पदक जितेको थियो । एसियाडको इतिहासमा नेपालले हालसम्म तीनवटा मात्र कास्य जितेको छ ।