GB Koirala Banner Ad New

घलेम्दी हाइड्रोपावरलाई २०० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं : घलेम्दी हाइड्रोपावर लिमिटेडले २००% हकप्रद बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । अब यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ ।हकप्रद जारी गरेपछि पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा प्रा लि द्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१% सेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको हो ।