GB Koirala Banner Ad New

दोस्रो किङ्स कप भलिबल साउनमा

आयोजक किङ्स क्लब काठमाडौंले दोस्रो किङ्स कप पुरुष राष्ट्रिय भलिबल साउन २३ गतेबाट २७ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा विभागीय जुनसुकै क्लबले पनि सहभागित जनाउन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ । तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्र्रमाण्पत्र हात पार्नेछ ।

तर, यसै महिना (असार) मा किर्गिस्तानमा सम्पन्न काभा पुरुष भलिबल प्रतियोगिताको राष्ट्रिय टोलीमा रहेका १२ खेलाडीले भने सहभागिता जनाउन नपाउने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुनेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।