GB Koirala Banner Ad New

झिनाे अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचकमा झिनाे अंककाे गिरावट आएको छ भने कारोबार रकम पनि घटेको छ ।

यस दिन नेप्से परिसूचक ४.७३ अंकले घटेर २०७२.२४ बिन्दुमा कायम भएको छ ।

आज बजारमा ७९ लाख ८८ हजार ९८६ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार भन्दा आज कारोबार रकम घटेको छ ।

कारोबारका आधारमा आज हिमालयन लाइफ इन्सयोरेन्स १२ करोड ७८ लाख १३ हजार ७१९ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । उपसमूहतर्फ रहने १३ वटा समूहमध्ये २ समूहको शयेर मूल्य बाहेकाक बाकि ११ को शेयर मूल्य घटेको छ ।
मंगलबार हिमालयन पावर पार्टनर र एनआइबीएल समृद्धि फण्ड २ कम्पनीको शेयरले सकारात्मक सर्किट लेबलमा कारोबार गरेका छन् ।