GB Koirala Banner Ad New

विश्वकप छनोट खेलेर क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौँ, २२ असार । जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजीत गरेको थियो ।

प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो । विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए । नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो  । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।