GB Koirala Banner Ad New

आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक मंगलवारका लागि सर्यो

काठमाडौं, २५ असार । सोमवारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक मंगलवारका लागि सारिएको छ।

सोमवार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन्।