GB Koirala Banner Ad New

अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक बन्दै

अफगानिस्तान फुटबल महासंघले बिहीबार सामाजिक सन्जालमार्फत अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ । अल्मुताइरी र महासंघबीच छिट्टै राजधानी काबुलमा सम्झौता पत्रमा हस्ताक्षर हुने र त्यसपछि पत्रकार सम्मेलन गरिने जानकारी पनि महासंघले दिएको छ

अफगानिस्तानको राष्ट्रिय टोलीका लागि काबुलमा छनोट प्रक्रिया सन्चालन हुनेछ । अफगानिस्तान भन्दा बाहिर रहेका खेलाडीले पनि छनोट प्रक्रियामा भाग लिने महासंघले जनाएको छ ।

अल्मुताइरीको नेतृत्वमा नेपालले सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा फाइनलको यात्रा तय गरेको थियो । नेपालले साफ च्याम्पियनसिपको फाइनल खेलेको त्यो नै पहिलो अवसर थियो । झण्डै डेढ बर्षको उनको प्रशिक्षणमा नेपालले १९ खेल खेलेको थियो । त्यसमा ५ खेलमा जित २ मा बराबरी र १२ खेलमा हार बेहोरेको थियो ।

राष्ट्रिय टोलीकै खेलाडीसँग विवादमा परेपछि अल्मुताइरीले गत वर्ष नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए