GB Koirala Banner Ad New

अब एनसेलको मोबाइल नम्बर ९७० बाट सुरु हुने

काठमाडौं । ९८० रेन्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको एनसेल आजियटाले  उक्त रेन्जमा सिमकार्ड सकिएसँगै  अब प्रयोगकर्तालाई ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने भएको छ ।

एनसेलले नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेन्जका लागि स्वीकृति पाइसकेको छ । यसैअनुरुप अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्ने कम्पनीले जनाएको छ ।

‘यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्धारा मिति २०७९-१२-६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७०xxxxxxx देखि सुरू हुने नयाँ मोबाइल नम्बर सुचारू गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौं,” कम्पनीको सूचनामा भनिएको छ, ”यस नम्बरका साथ आगामी दिनहरूमा हामी हाम्रा ग्राहकहरूलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्नेछौं ।” सूचनामा भनिएको छ ।