GB Koirala Banner Ad New

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई बागमती प्रदेश सरकारले जनही एक लाख दिने घोषणा

काठमाण्डौं । विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् । ‘खेलाडीको सम्मान र हौसालाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं’, उनले भने ।

बागमती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका छन् । नेपालले बिहीबार घरेलु मैदान किर्तिपुरमा यूएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।

उक्त रकम बागमती प्रदेशले प्रदेश खेलकुद विकास परिषद , बागमती प्रदेश मार्फत बितरण गरिने प्रदेश खेलकुद विकास परिषद का सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।