कानुन संकायको सबैभन्दा ठुलो क्याम्पस नेपाल ल क्याम्पसमा भएको स्ववियु चुनावमा अखिल नेपाल स्वतन्त्र बिध्यार्थी युनियन (क्रान्तिकारी)का बिष्णु ढुंगेल विजय भएका छन ।
नेपाल बिध्यार्थी सघं र अखिल क्रान्तिकारीको सयुक्त प्यानलबाट चुनाव लडेको ढुंगेलले ५९१ मत सहित बिजय भएका हुन । सचिव पदमा नेपाल बिध्यार्थी सघंबाट मनोज सिंह बिजय भएका छन । अन्य पदाधिकारीहरुमो नेपाल बिध्यार्थी सघं र अनेरास्ववियुले जीत हासिल गरेका छन ।
नेपाल ल क्याम्पसलाई अखिल क्रान्तिकारीको गढ मानिए पनि चुनावि नतिजा अनुसार सभापति पद बाहेकमा क्रान्तिकारीको उपस्थिती शुन्य रहेको छ ।































