काठमाडौं । एशियाको सबै भन्दा ठूलो बक्सिङ्ग प्रतियोगिताASBC Elit Men WomenÚs Boxing championship 2021मा नेपालको सहभागिताको सम्भावना कोरना महामारीका कारण न्युन बन्दै गएको छ ।
यस अघि डिल्लीमा आयोजना हुने भनिएको प्रतियोगिता भारतमा बढेको कोरोना महामारीका कारण दुबईमा स्थानान्तरण गरिएको छ ।
आउँदो मे २४ तारिख देखि ३१ तारिख सम्म संयुक्त अरब इमिरेट्सको दुबइ शहरमा हुने प्रतियोगिताका लागि नेपाल बक्सिङ्ग संघले २०७७ चैत्र २९ देखि ३१ सम्म देशव्यापी रुपामा १५ तौल समुहमा खेलाडी छनोट गरि उत्कृष्ट ७ जना खेलाडी (महिला २ जना र पुरुष ५ जना) सहभागी गराउने निर्यण अनुरुप विगत दुई महिना देखि लगातार प्रशिक्षणको व्यवस्था गरिएको थियो ।
अन्तिम तयारी स्वरुप सबै खेलाडीहरुको पि. सि. आर. परिक्षण गरी सबै स्वास्थ्य मापदण्ड पालना गराई विगत ३ हप्ता देखि होटलमा राखि हाल सम्म बन्द प्रशिक्षण संचालन गर्दै आइरहेकोमा नेपालमा विद्यमान कोरोना भाईरस महामारीको कारण सरकारले मे ३१ सम्म अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द गरेका कारण नेपाली खेलाडीको सहभागिता न्युन बनेको छ ।
नेपाल बक्सिङ्ग संघले विभिन्न एयरलाइन्ससंग सम्पर्क गरी संभावित चार्टर फ्लाईटको प्रयास गर्दा समेत कतैबाट कन्फर्मेसन आएको छैन । यस सम्बन्धि सबै जानकारी राष्ट्रिय खेलकुद परिषद ,एशियन बक्सिङ्ग Ë ASBC / AIBA मा गराई सकेका छौँ । ASBC ले पहिलो पटक प्रथम हुनेलाई USD १००००, दोस्रो हुनेलाई USD ५००० र तेस्रो हुने दुई जनालाई २५०० का दरले राखिएको प्रतियोगिता खेलाडीको व्यक्तिगत र्याङ्किङ्ग सुधारको लागि महत्वपूर्ण थियो ।
नेपाली बक्सिङ्गको प्राविधिक विकासका लागि विगत ४ वर्ष देखिको प्रयासबाट प्राप्त AIBA international training officer ITOS ) को दुई वटा कोटामा छनोट भएका नेपाली प्राविधिकहरु पनि तालिममा सहभागी हुन सम्भावना पनि कम भएको छ ।
स्मरणीय छ, नेपालमा हाल सम्म पनि ITOS छैन । कुनै पनि बक्सिङ प्रतियोगिता संचालन गर्न को लागि ITOS को धेरै ठुलो भुमिका हुन्छ । संघले अन्तिम प्रयास स्वरुप AIBA / India Boxing federation संग–संगै उडानको लागि प्रयास गरिरहेको छ ।


























