काठमाडौं । तामासेक फाउण्डेसन सिंगापुर, लोटस लाइफ फाउण्डेसन सिंगापुर तथा गोर्खा व्रअरीको संयक्त सहयोगमा कोभिड उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ ।
सिंगापरस्थीत तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसन तथा गोर्खा व्रअरी प्रा.ली. को संयक्त सहकार्यमा कोभिड
संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीकोउपचार गर्न तत्काल प्रयोगमा आउने Ventilators, Bipap Machine,
Puls oximeters, Fortitude kit & swabs लगायत २० करोड भन्दा बढी रकमको विभिन्न स्वास्थ्य सामग्रीहरु
नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सहयोग प्रदान गर्ने भएको छ ।































