GB Koirala Banner Ad New

इपीएल: चेल्सीद्वारा लेस्टर सिटी पराजित

एजेन्सी । इपीएल अन्तर्गत भएको खेलमा चेल्सीले लेस्टर सिटीलाइ पराजित गर्दै अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।शिर्ष चारको दौडमा रहेको चेल्सी र लेस्टरको खेलमा चेल्सीले २(१ गोल अन्तरमा जित निकालेको हो । आफ्नो घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले पहिलो हाफ गोल रहित वरावरीमा खेलेको थियो ।

दोश्रो हाफको ४७औँ मिनेटमा एन्टेनियोले गरेको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ६६औँ मिनेटमा चेल्सीले पाएको पेनाल्टिलाइ जोर्जीन्होले गोलमा परीणत गर्दै अग्रतालाइ दोब्बर वनाएका थिए । खेलको ७६औँ मिनेटमा गोल गर्दै लेस्टरले खेलमा फर्कने प्रयास गरेपनि त्यो पुरा हुन भने सकेन ।

यस जितसँगै चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान वलियो वनाएको छ भने अघिल्लो साता एफए कपको फाइनलमा भोगेको हारको वदला समेत लिन सफल भएको छ। गएराति सम्पन्न अर्को खेलमा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी १५औँ स्थानमा रहेको व्राइटनसंग पराजित हुन पुगेको छ।

यसैगरी म्यानचेस्टर युनाइटेड पनि आफ्नै घरेलु मैदानमा रेलिगेसनमा परिसकेको फुलह्यामसंग १(१ गोलको वरावरीमा रोकिएको छ। आज वेलुकी भने प्रिमियर लिगका ३७ औँ चरणका अन्य चार खेलहरु खेलिँदैछन् ।